आज जनकपुर जाँदै माओवादी अध्यक्ष प्रचण्ड

केन्द्रभाग मिडिया

धनुषा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुर जाँदैछन् ।

स्थानीय तह निर्वाचनलाई केन्द्रित गरी नेकपा माओवादी केन्द्रले जनकपुरमा आज मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम गर्न लागेको छ ।

सोही प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न दाहाल त्यसतर्फ जान लागेको बताइएको छ। जनकपुरधाममा पहिलोपटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब दुई हजार ५०० जना नेता तथा कार्यकर्ताको सहभागिता रहने जनाइएको छ ।

सो प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेस प्रदेशमा रहेका केन्द्रीय सदस्यहरू, प्रदेश समितिका प्रतिनिधि, जिल्ला समितिका प्रतिनिधि, जनवर्गीय सङ्गठनका प्रतिनिधिलगायतकोे सहभागिता रहने छ ।

  • ८ चैत्र २०७८, मंगलवार ०९:३२ प्रकाशित