नेपाल–इटली उद्योग वाणिज्य संघ सदस्यमा गण्डकीबाट किसान सुनार

केन्द्रभाग मिडिया

पोखरा । नेपाल–इटली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति सदस्यमा गण्डकी प्रदेशबाट किसान सुनार नियुक्त भएका छन् । हिजो आइतबार नवराज ढकालको अध्यक्षतामा गठित नयाँ कार्यसमितिमा गण्डकीबाट किसान सुनार सदस्यमा चयन हुन सफल भएका हुन् ।

पोखराका युवा व्यवसायी किसान सुनार गण्डकी चेम्बर अफ कमर्स गण्डकीको अध्यक्षसमेत हुन् ।

२५ सदस्यीय कार्यसमितिको वरिष्ठ सदस्यमा राजेशकाजी श्रेष्ठ, उपाध्यक्षमा ध्रुबकुमार श्रेष्ठ र सञ्जय अग्रवाल, महासचिवमा राजेन्द्रलाल श्रेष्ठ, कोषाध्यक्षमा पवनकुमार अग्रवाल र सचिवमा तीर्थबहादुर रोका चयन भएका छन् ।

त्यस्तै, सदस्यमा मनोज श्रेष्ठ भधेल, अरनिको राजभण्डारी, अरुण केसी, वाशुमाया तामाङ्, भुवनेश्वर फैजु, विना प्याकुरेल श्रेष्ठ, वीरेन्द्र शाही, निरज श्रेष्ठ, राजेन्द्र बराल, रोम घिमिरे, सञ्जय अग्रवाल, शम्भुकुमार लामा, साम्बा लामा, सुमितकुमार बंशल, सुशील जैन, विनोद साक्तानी र युगेश वादे श्रेष्ठ रहेका छन् ।

  • ७ चैत्र २०७८, सोमबार १६:३७ प्रकाशित