चीनमा १३२ यात्रु बोकेको जहाज दुर्घटना

केन्द्रभाग मिडिया

काठमाडौँ ।

चीनमा चाइना इस्टर्न एयरलाइन्स कम्पनीको यात्रुबाहक विमान दुर्घटनामा परेको छ । १३२ जना यात्रु बोकेको जहाज दुर्घटना भएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पहाडी क्षेत्रमा आगलागीका कारण बोइङ ७३७ जहाज दुर्घटना भएको बताइएको छ ।

चीनको दक्षिणी क्षेत्र गुआङजी झुआङ स्वायत्त क्षेत्रमा सोमबार जहाज दुर्घटना भएको हो । दुर्घटनाको क्रममा कति क्षति भयो भन्नेबारे यकिन जानकारी आइसकेको छैन ।

चीनको दक्षिण पश्चिम प्रान्त युनानको कुनमिङ चाङसुइ विमानस्थलबाट दिउँसो १ बजेपछि ग्वाङझाओका लागि उडेको विमान दुर्घटनामा परेको हो । उक्त जहाज अपराह्न ३ बजे अवतरण गर्नुपर्ने तालिका थियो ।

दुर्घटनापछि घटनास्थलमा अहिले स्थानीय सरकारले ठूलो संख्यामा उद्धार टोली खटाएको सिन्ह्वाले जनाएको छ ।

  • ७ चैत्र २०७८, सोमबार १५:४७ प्रकाशित