युक्रेनमा लिक भयो हानिकारक ग्याँस एमोनिया: पाँच किलोमिटर वरपर नबस्न सुझाव

केन्द्रभाग मिडिया

एजेन्सी ।

युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रहेको सुमी सहरस्थित एक कारखानाबाट रसायनिक हानिकारक ग्यास एमोनिया ग्यास लिक भएको अन्र्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् ।

क्षेत्रीय गभर्नर दिमित्रो झिभित्स्कीले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन्।उनले ग्यास चुहिएको ५ किलोमिटर आसपासका क्षेत्रमा बस्ने मानिसहरुलाई ठाउँ छाड्न आग्रह गरेका छन्।

यो ग्यास स्वास्थ्यको लागि निकै हानिकारक हुने भएकाले उनले मानिसहरुलाई यस्तो आग्रह गरेका हुन्।यद्यपि के कारणले उक्त ग्यास लिक भएको हो भन्ने विषयमा भने जानकारी दिइएको छैन।

  • ७ चैत्र २०७८, सोमबार १०:०२ प्रकाशित