झलनाथलाई ओलीको कटाक्ष :भने,‘एमालेले टाँसिदिएको जुँगा खौरिनु पर्दैन ’ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई कटाक्ष गरेका छन् ।

ओलीले नेकपा एमालेले लगाइदिएको सांसदको फुली लगाएर एमालेकै विरोध गरेको भन्दै खनालप्रति कटाक्ष गरेका गरेका हुन् । आइतबार खनालको निर्वाचन क्षेत्र फिक्कलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको नुन र गुन बिर्सेर एमालेलाई गालि गरेको भन्दै त्यस्ताहरुलाई आगामी निर्वाचनमा जवाफ दिन निर्देशन दिए ।

ओलीले भने,‘एमालेले लगाएको सांसदको फुली लगाएर एमालेकै विरोध ? अनि फुकाल्नुपर्दैन त्यो फुली? अनि विचार गर्नुस् त कति सारो लाज नभएको होला रु’, उनले भने, ‘कमसेकम एमालेले टाँसिदिएका जुँगा त खौरिनुपर्छ । अनि एमालेको वाकस खाली गर्छौ भन्ने ? नुन विर्सने, गुन विर्सने स्वार्थका तत्वहरूलाई तपाईहरुले मुखभरीको जवाफ दिनुपर्छ ।’

  • ६ चैत्र २०७८, आईतवार १६:१५ प्रकाशित