श्रीलंकामा कागज अभाव, विद्यार्थीको परीक्षा नै रद्द

केन्द्रभाग मिडिया

एजेन्सी ।

श्रीलंकामा कागज अभाव हुदाँ स्कुल कलेजका परीक्षा रद्द भएको छ।

परीक्षाका लागि चाहिने पेपर अभाव हुदाँ श्रीलंकाले विद्यालयका लाखौँ विद्यार्थीहरूका लागि तोकिएको परीक्षा रद्द गरेको हो । रकम अभावले छाप्ने कागजको आयात रोकिएपछि सरकारले पूर्वनिर्धारित परीक्षाहरु रद्द गरेको अधिकारीहरुले जनाएका छन् ।

सोमबारदेखि एक सातासम्म चल्ने आवधिक परीक्षा (टर्म टेस्ट) कागज अभावले अनिश्चितकालका लागि स्थगित गरिएको उनीहरुले बताएका छन् । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता प्राप्त गरेपछि कै ठूलो आर्थिक संकट सामना गरिरहेको छ ।

प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न नसक्दाँ परीक्षा रद्द गर्न बाध्य भएको पश्चिम प्रान्तको शिक्षा विभागले बताएको छ।

देशका ४५ लाख विद्यार्थीहरूमध्ये दुई तिहाइ विद्यार्थीको परीक्षाहरू प्रभावित भएका छन् ।​ ट

  • ६ चैत्र २०७८, आईतवार १०:४३ प्रकाशित