देश बनाउने माओवादी हो भन्ने जनताले बुझिसके, ठुलो पार्टी बन्ने सम्भावना छ : प्रचण्ड

केन्द्रभाग मिडिया

पोखरा ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी अरुको बैशाखी टेक्ने पार्टी नभएको बताएका छन् । पोखरामा सञ्चारकर्मीसंग बोल्दै प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचचण्डले भने, अबको चुनावमा कसैको बैशाखी टेकेर हैन, हामी आफ्नै बलमा चुनाव लड्ने तयारी गदैछौँ । एकचोर्टी माओवादी आउनै पर्छ । जनतामा राष्ट्र र लोकतन्त्र जोगाउने पार्टी माओवादी नै रहेछ भन्ने महसुस भएको भन्दै उनले आगामी संसदीय चुनावमा आफूहरु नै पहिलो पार्टी बन्ने सम्भावना रहेको समेत प्रचण्डले बताए ।

माओवादी तर्फ जनताको आर्कषण बढ्दै गएको भन्दै देश बनाउने माओवादी नै भएको जनताले बुझेकाले माओवादीको जनमत बन्दै गएको प्रचण्डको दावी छ । देशको परिवर्तनको वाहक हामी हौँ, हेर्नुहोला एक महिना भित्र अरु सबै पार्टीहरु माओवादीसंग तालमोल गर्न आउनुपर्छ हामी जाने हैन, प्रचण्डले भने ।

उनले गठबन्धन हुन सक्ने गरी तालमेल गरिने तर प्राथमिकता भने आफ्नै खुट्टामा उभिएर चुनावमा जाने बताए । वाहिर जे जस्ता विषय छलफलमा आए पनि गठबन्धनका शिर्ष नेतृत्वमा चुनावी तालमेल गर्ने विषयमा एउटै बुझाइ रहेको प्रचण्डले बताए । निर्वाचन हुनेमा कुनै दुइमत नरहेको पनि उनले प्रश्ट पारे ।

प्रचण्डले एमालेसंग तत्काल चुनावी तालमेलको संभावना नरहेको पनि बताए । कांग्रेसले निहुँ खोजे एमालेसंग तालमेल हुन सक्ने बुटवलबाट सन्देश दिएका प्रचण्डले राजीतिमा असम्भव भन्ने कुरा नरहेको भन्ने आधारमा आफुले त्यस्तो भनेको स्पष्ट पारे । उनले भने, राजीतिक र सैदान्तीक रुपमा त्यसो भनेको हुँ अहिले भर्खरै एमालेसंग गठबन्धन भइहाल्छ भन्न खोजेको हैन । गठबन्धनको विकल्प नखोजिएको प्रचण्डको भनाई थियो ।

 

  • ६ चैत्र २०७८, आईतवार १०:४६ प्रकाशित