विद्यासुन्दर शाक्य भन्छन् : पार्टीले टिकट दिए फेरि मेयरमा उठ्छु

केन्द्रभाग मिडिया

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि मेयरमा उठ्न तयार रहेको बताएका छन् । शाक्यले भने, ‘पार्टीले जे निर्णय गर्छ त्यो मान्न तयार छु, यदि पार्टीले काठमाडौं महानगरपालिकाको मेयरमा मलाई नै आवश्यक ठान्यो भने म तयार छु,’

शुक्रबार महानगरपालिकाले निर्माण गरेका १४९ वटा सम्पदाको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफुले वसन्तपुरमा राष्ट्रिय झण्डा राख्न खोज्दा काँग्रेसले राजनीति गरेको दाबी गरे ।

उनले भने, वसन्तपुरमा झण्डा राख्न खोज्दा काँग्रेसले झण्डामा सूर्य चिन्ह रहेको रहेको भन्दै चुनाव अघि नराख्न दबाब दियो ।’ प्रमुख शाक्यले आफुले जनताको मन मनमा पुग्नेगरी काम गरेको दाबी गरे ।

  • ४ चैत्र २०७८, शुक्रबार १६:५७ प्रकाशित