स्थानीय चुनावः बैशाख ११ र १२ गते उम्मेदवारी दर्ता

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय वैशाख ११ र १२ गतेका लागि तय गरिएको छ।

निर्वाचन आयोगले पास गरेको निर्वाचन कार्यक्रम अनुसार उम्मेदवारी दर्ताका लागि २ दिन छुट्याइएको हो । निर्वाचन प्रक्रिया अनुसार उजुरी दर्ता, त्यसमाथि जाँचबुझ लगायतको प्रक्रिया पूरा गरेर बैशाख १५ गने उम्मेदवारको नाम सार्वजनिक हुनेछ ।

उम्मेदवारले नाम फिर्ता लिन चाहे १६ गतेको समय दिइने र त्यही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ । १७ गते चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

  • ४ चैत्र २०७८, शुक्रबार १५:५८ प्रकाशित