इरानमा महँगी र बेरोजगारी बढ्दो, खर्च धान्न शरीर बेच्न बाध्य छन् युवायुवती

केन्द्रभाग मिडिया

एजेन्सी ।
इरानमा महँगी र बरोजगारी बढ्दा युवायुवती र महिलाहरु शरीर बेच्न बाध्य भएका छन् ।

इरानमा महिलाका लागि जागिरको कम अवसर र लैङ्गिक असमानताका कारण गरिबीको रेखामुनि रहेका अधिकांश महिलाहरू पैसाका लागि शरीर बेच्न बाध्य भएको बीबीसीले जनाएको छ। काम जोखिमपूर्ण भए पनि महिलाहरु बिहानबेलुका हातमुख जोड्नकै लागि यौनकर्ममा लाग्नु परेको समाचारमा बताइएको छ।

तेहरानकी एक महिला नेदाले आफु छाक टार्नकै लागि यौनकर्मीका रुपमा देहव्यापार गर्न बाध्य भएको बताउँछिन् । ‘म एकल आमा हुँ, मेरो छोराको हेरचाह गर्नुपर्छ । यौनकर्ममा राम्रो कमाई छ ।मैले जे गरिरहेकी छु त्यसप्रति म लज्जित छु, तर मसँग अरु कुनै विकल्प छैन्।’नेदा दिनमा केशविन्यासको काम गर्छिन् राति उनी यौनकर्मीका रूपमा देहव्यापार गर्न बाध्य छिन्।

यस्तै तेहरानको एक विश्वविद्यालयमा अध्ययनरत छात्रा मेहनाज देशको खस्कँदो अर्थतन्त्र, मंहगीका कारण आफु पनि यौनकर्ममा लाग्न बाध्य भएको बताउँछिन् ।

उनी भन्छिन्,‘ शरीर सुम्पिँदा पैसा नदिइएको घटना मसँग धेरै पटक भएको छ। म केही गर्न सक्दिनँ।’कहिलेकाहीँ वेश्यावृत्तिमा संलग्न हुने मेहनाज अन्य काम गरेर तेहरानमा बाँच्न गाह्रो हुने बताउँछिन्।

सन् २०१२ मा इरानले वेश्यावृत्तिलाई रोक्न राष्ट्रिय अभियान घोषणा गरेको थियो तर गैरसरकारी संस्था र अध्ययनकर्ताहरूको प्रतिवेदनले वेश्यावृत्तिका लागेका मानिसहरूको सङ्ख्या लगातार वृद्धि भएको देखाउँछ।

इरानमा वेश्यावृत्ति वृद्धिको एक प्रमुख कारण महँगी रहेको बताइएको छ। महंगी बढ्नुमा अमेरिकाले इरानमाथि परमाणु कार्यक्रमका लागि लगाएको आर्थिक प्रतिबन्ध हो। गत वर्षयता इरानमा मुद्रास्फीति दर ४८.९ प्रतिशत छ। बेरोजगारी बढेको छ र जागिर खाने धेरैका लागि तलब अपुग्दो छ।

यसबीचमा इरानका प्रमुख सहरहरूमा २० देखि ३५ वर्षका पुरुष यौनकर्मीको सङ्ख्या पनि बढेको छ।

  • ४ चैत्र २०७८, शुक्रबार १४:४८ प्रकाशित