चुनाव हारेपछि भारतीय काँग्रेसका पाँचै प्रदेश प्रमुख बर्खास्त

केन्द्रभाग मिडिया

नयाँदिल्ली ।

हालै सम्पन्न विधानसभा चुनावमा हारेका भारतीय काँग्रेसका पाँच प्रदेशका पार्टी प्रमुख बर्खास्त भएका छन् ।

कंग्रेस आईकी अध्यक्ष सोनिया गान्धीले पाँच प्रदेशका पार्टी प्रमुखलाई बर्खास्त गरेकी हुन् ।चुनावी हारपछि पार्टीलाई पुनर्संरचना गर्न उनीहरूलाई जिम्मेवारीबाट हटाइएको कंग्रेस प्रवक्ता रन्दीप सुर्जेवालाले जानकारी दिए।

बर्खास्त हुनेहरूमा पन्जाबका कंग्रेस प्रमुख नवोजित सिंह सिद्धु, उत्तर प्रदेशका अजयकुमार लल्लु, उत्तराखण्डका गणेश गोधियाल, गोवाका गिरिश चोदानकर र मणिपुरका एन लोकेन सिंह छन्।

  • २ चैत्र २०७८, बुधबार १०:२० प्रकाशित