पोखरा ।
नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर १को बैठकले कोषाध्यक्ष तथा सदस्य मनोनयन गरेको छ । क्षेत्रीय सभापति रोजेन्द्रमणि लामीछानेको अध्यक्षतामा सोमबार बसेको बैठकले काँग्रेस कास्की क्षेत्र नम्बर १ को कोषाध्यक्षमा अमर वहादुर केसी र क्षेत्रीय सदस्यमा बिष्णु प्रसाद शर्मा, राधेश्याम कोईराला र डिलमाया गुरुङलाई मनोनयन गरेको छ ।
बैठकले क्षेत्रीय सभापति रोजेन्द्रमणि लामिछानेको अध्यक्ष १५ सदस्यीय कार्यसम्पादन समिती समेत गठन गरेको क्षेत्रीय सचिव सरोज केसीले जानकारी दिए । बैठकले क्षेत्रीय पदाधिकारीसहित अन्य सात सदस्यलाई कार्यसम्पादन समितिमा मनोनयन गरेको छ । सदस्यहरुमा सन्तोष तिवारी, सनबहादुर गुरुङ, मोती कुमार क्षेष्ठ, गणेश बिक, भोजराज ओझा, विष्णु प्रसाद शर्मा र डिलमाया गुरुङ रहेका छन ।
कास्की क्षेत्र नम्बर १ मातहतका ३० बटा वडा कार्यसमिती कार्यालय र २ ओटा गाँउपालिका कार्यालयलाई ५ चैतमा एकै दिन स्थापना गर्ने निर्णय गरेको केसीले वताए । पार्टीको जागरण अभियानलाई सफल बनाउन १२ चैतमा आमसभा गर्ने निर्णय समेत गरेको सचिव केसीले जानकारी दिए ।
बैठकमा महानगरका उपसभापति प्रयागराज भण्डारी, क्षेत्रीय उपसभापती कृष्ण कोईराला र दुर्गा सुवेदी, सचिव सरोज केसी र ओमप्रकास गुरुङ, कांग्रेस रुपा गाँउपालिका अध्यक्ष बिमल बाबु न्यौपाने र मादी गाँउपालिका अध्यक्ष यम बहादुर गुरुङ सहित ३० वटै इकाई सभापतिहरुले पार्टीको जागरण अभियान र निर्वाचनलाई सफल बनाउन लाग्ने वताए ।