काठमाडौं ।
युक्रेनमा रुसले आक्रमण गरिरहेको एक सातामा १० लाख युक्रेनीले देश छाडेका छन् ।
१० लाख युक्रेनी शरणार्थी बनेर विभिन्न छिमेकी मुलुकहरुमा शरण लिएको राष्ट्रसंंघले जनाएको छ । एक साताको अवधिमा सो संख्यामा शरणार्थी छिमेकी मुलुकमा शरण लिएका हुन् । गत बिहीबारदेखि रुसी सेनाले युक्रेनमाथि स्थल तथा हवाई हमला गरिरहेको छ ।
युद्धका कारण १ करोड २० लाख मानिस आन्तरिक रुपमा विस्थापित हुने र उनीहरुलाई राहत आवश्यक पर्ने सो निकायले जनाएको छ ।