डब्ल्यूएचओ भन्छ,‘नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्दैँछ’

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपालमा पछिल्लो केही दिन देखि कोरोना संक्रमणदर केही ओरालो लागिरहेको छ ।

विश्वभर फैलिरहेको ओमिक्रोनका जोखिम रहे पनि नेपालमा खासै ओमिक्रोन संक्रमण भने तीव्र पाइएको छैन । यद्यपि विश्व स्वास्थ्य संगठनले भने नेपालमा ओमिक्रोनको ‘सब भेरियन्ट’ सक्रिय बन्न लागेको बताएको छ।

विश्व स्वास्थ्य संगठनका एक अधिकारीले कोभिड(१९ को नयाँ भेरियन्ट ओमिक्रोनको ‘सब भेरियन्ट’ नेपालसहितका मुलुकमा सक्रिय बन्न थालेको बताएका हुन्।

मंगलबार विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को कोभिड प्रतिकार्य टोलीका सदस्य डा. बोरिस पाभलिनले अनलाइनमार्फत् ब्रिफिङ गर्दै ओमिक्रोनको ‘सब भेरियन्ट’ ९सहप्रजाति० बीए।२ नेपालसहित कतार, भारत, फिलिपिन्स र डेनमार्कमा सक्रिय बन्न थालेको बताएका हुन् ।

तर, ‘बीए २’ सब भेरियन्ट सुरुको ओमिक्रोन भेरियन्ट बीए १ जस्तै भएको पनि पाभलिनको भनाइ थियो । बीए २ ले बीए १ सब भेरियन्टलाई उछिन्न थालेको भए पनि अस्पताल भर्ना हुने संक्रमितको संख्या नबढेको उनले बताए ।

  • १९ माघ २०७८, बुधबार १५:५६ प्रकाशित