भारतमा कोरोना संक्रमणको आँधी:एकै दिन १ लाख ४१ हजारमा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं।

भारत कोरोना संक्रमणको आँधी नै आउन थालेको छ ।

एकै दिन एक लाख ४१ हजारमा कोभिड संक्रमण देखिएसँगै भारतसँगै नेपालमा पनि थप चिन्ता थपिएको छ। भारत र नेपालबीच खुल्ला सिमा भएको कारण भारतमा संक्रमण बढेसँगै नेपालमा पनि त्यसको प्रभाव पर्ने देखिन्छ ।

अधिकांश नेपाली रोजगारीका लागि भारत जाने आउने गर्ने हुनाले पनि नेपालमा उच्च जोखिम रहेको छ। भारतमा थपिएको यो पछिल्लो ६ महिनापछिको ठूलो संख्या हो।

कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै भारतमा संक्रमितको संख्या दिनहुँ बढेको छ ।भारतमा ओमिक्रोन संक्रमितको संख्या तीन हजार ७१ पुगेको छ । कोभिड संक्रमितको संख्या बढेसँगै सरकारले बुस्टर डोज दिन थालेको छ ।

यता नेपालमा पनि माघको पहिलो सातादेखि बुस्टर डोज दिने तयारी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

  • २५ पुष २०७८, आईतवार १०:०० प्रकाशित