काठमाडौँं।
भोलि मंगलबारबाट दिइने भनिएको फाइजर खोप तत्कालको लागि स्थगित भएको छ। खोपका लागि सिरिञ्ज अभाव भएपछि हाललाई अभियान स्थगित गरिएको बताइएको छ ।
स्वास्थ्य सेवा विभाग खोप शाखाका प्रमुख सागर दाहालले सिरिञ्ज नआएपछि केही समयका लागि खोप अभियान स्थगित भएको बताए । उनको अनुसार खोपसँगै सिरिञ्ज पनि आउनुपर्नेमा नआएकाले खोप अभियान केही समय होल्ड गर्नुपरेको हो ।
उनले फाइजर खोपका लागि मात्र सिरिञ्ज नआएको भन्दै अरु खोपहरु ढुक्कले लगाउन आग्रह गरे । उनका अनुसार फाइजर खोपका लागि ०.३३ एमएमको सिरिञ्ज आवश्यक पर्छ । डाइलुएन्ट पनि २९ तारिखमा आउँदैछ । अभियानका लागि ६ लाख ६४ हजार फाइजर खोप आइसकेको छ।
सिरिञ्ज आउनेबित्तिकै खोप अभियान सुरु हुने बताइएको छ ।