गण्डकीमा १७० संक्रमित थपिदा ३०३ मुक्त, थप ३ संक्रमितको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकी प्रदेशमा थप १७० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९४८ नमूना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । सोही समयमा ३०३ जना संक्रमण मुक्त भएका छन् भने थप ३ संक्रमितको निधन भएको छ ।

हाल आइसोलेसनमा रहनेको संख्या ३ हजार २८२ छ । ती मध्य २ हजार ९११ होमआइसोलेसनमा छन् ।

  • १४ भाद्र २०७८, सोमबार १७:२९ प्रकाशित