थप २,२९५ जनामा सक्रमण, १६ संक्रमितको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप २ हजार २९५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १६ हजार २३३ वटा नमुना परिक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा १ हजार ८०८ जना संक्रमण मुक्त भएका छन् । भने थप १६ संक्रमितको निधन भएको छ ।

हाल सक्रिय संक्रमितको संख्या ३५ हजार ८७४ छ ।

  • १४ भाद्र २०७८, सोमबार १७:२१ प्रकाशित