माधव नेपालले मन्त्रीको संख्या थप्ने माग राख्दा देउवा र प्रचण्ड आक्रोसित 

केन्द्रभाग मिडिया

पोखरा । प्रधानमन्त्री शेर वहादुर देउवाले मन्त्रीमण्डल विस्तार सम्वन्धमा आज सोमवार राखेको सत्ता गठवन्धन वैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफ्नो पार्टीलाई मन्त्रालयको संख्या बढाउन माग गरेका छन् ।

उनले उपसभामुखसहित संसदीय समितिमा पनि भागबण्डा सुनिश्चित गर्न आग्रह गरेपछि देउवा र प्रचण्ड आक्रोसित भएका थिए ।
एकीकृत समाजवादी पार्टीलाई पाँच मन्त्री र एक राज्यमन्त्री दिने पहिल्यै सहमति भइसकेको छ । अब माधव नेपालको पार्टीलाई थप एक मन्त्री दिने बताएका थिए । मन्त्री बन्न चाहनेको भिड कोटेश्वरमा बढेपछि माधव नेपाल निकै दबाबमा परेको बुझिएको छ ।

यस्तै अवस्था माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पनि परेको छ । अब बन्ने चार मन्त्रीमा क–कसलाई पठाउने भन्ने प्रचण्डले निर्णय गर्नसमेत सकेका छैनन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज सार्वजनिक बिदाका दिन मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनको बैठक बोलाएका थिए ।

सरकार गठन भएको डेढ महिना भइसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता नदिएको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।सरकारमा सामेल हुने मन्त्रीहरूको बारेमा आजको बैठकले नाम टुंगो लगाउने बुझिएको छ । सरकार विस्तारबारे प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच आइतबार पनि भेटवार्ता भएको थियो ।

  • १४ भाद्र २०७८, सोमबार १३:४३ प्रकाशित