गण्डकीमा आइतबार ५०४ संक्रमण मुक्त, २३० जनामा संक्रमण, थप ६ जनाको मृत्यु

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेशमा थप २३० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९६२ नमूना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । सोही समयमा ५०४ जना संक्रमण मुक्त भएका छन् । भने थप ६ संक्रमितको निधन भएको छ ।

हाल ३ हजार ४१८ संक्रमित आइसोलेसनमा छन् । ती मध्य ३ हजार १८१ होमआइसोलेसनमा छन् ।

  • १३ भाद्र २०७८, आईतवार १७:१९ प्रकाशित