अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

केन्द्रभाग मिडिया

पोखरा ।

केही दिनयता देशैभरि निरन्तर पानी परिरहेको छ। भदौको दोस्रो साता देखि निरन्तर परेको झरी झै केही दिन लम्बिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

लगातार परेको पानीले तराईका वस्तिर खेतीबाली डुबानमा परेको छ । भने राजमार्ग पहिरो गएर यातायात अवरुद्ध भएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेश वाहेकका प्रदेशमा निरन्तर वर्षात भइरहेको महाशाखाले जनाएको छ ।

सक्रिय रहेको मनसुन मत्थर हुन अझै एक साता लाग्ने भएको छ । नेपालको सिमानामै रहेको न्यून चापीय रेखा तल नझरेसम्म मौसम सुधार हुने अवस्था नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ।

हाल मौसमको अवस्था (Present Weather Status)

हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ.। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही  स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

 २०७८ भाद्र १३ गते (आइतबार)

दिउँसोदेशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १,  गण्डकी, लुम्बिनी , कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, कर्णाली  र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र १४ गते सोमबार)

दिउँसोदेशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी/धेरै भारी सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र १ गते मंगलबार)

दिउँसोदेशको अधिकांस भू-भागमा सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका  प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।

रातीदेशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
 (Warning/Advisory for next 24 hours)

देशको धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना  साथै सबै प्रदेशका थोरै- थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।

  • १३ भाद्र २०७८, आईतवार १०:५३ प्रकाशित