राधाकृष्ण वृद्धाश्रमलाई ४० हजार बारबरको खाद्यन्न साम्रगी सहयोग

केन्द्रभाग मिडिया

पोखरा ।

अर्घाखाँची पोखरा सम्पर्क समाजले पोखरा महानगरपालिका ३२ लामेहायल स्थित राधाकृष्ण वृद्धाश्रमका वृद्धावृद्धाहरुलाई खाद्यन्न सहयोग गरेको छ ।

अर्घाखाँची पोखरा समाजका अध्यक्ष चेतनारायण पाण्डेको नेतृत्वमा समाजका अरु सदस्यहरुको समेत उपस्थिती रहेको उक्त कार्यक्रममा करिब ४० हजार बारबरको खाद्यन्न साम्रगी राधाकृष्ण वृद्धाश्रमका उपमहासचिव रजनी लामिछानेलाइ हस्तान्तरण गरीएको छ ।
समाजले वृद्धाश्रमलाई चामल, दाल, नून, तेल, चना, साबुन, लगायत सम्पूर्ण खाद्यन्य साम्रगी सहयोग गरेको समाजका अध्यक्ष चेतनारायण पाण्डेले जानकारी दिए । साथै उनले आउने दिनमा पनि हाम्रो समाजको तर्फबाट वृद्धाश्रमलाई सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए।

सहयोग सामग्री ग्रहण गर्दै वृद्धाश्रमका उपमहासचिव रजनी लामिछानेले सहयोगी दाताहरुप्रति आभार व्यक्त गर्दै वृद्धवृद्धालाई राख्ने संस्था विभिन्न दाताको सहयोगमा चल्ने भए पनि बन्दाबन्दीका कारण दाता भेट्न पनि गाह्रो हुने भएकाले समाजका तर्फबाट समन्वय गरी सेवा पुर्याइएकोमा अर्घाखाँची पोखरा सम्पर्क समाजलाई धन्यवाद सहित सम्मान पत्र प्रदान गरेका थिए ।

आगामी दिनमा पनि यस्तै किसिमको साथ र सहयोगको अपेक्षा गर्दै उनले आश्रममा हाल ६० जना आबद्ध रहेको जानकारी दिए ।
कोरोना माहामारीका अत्यावश्यक सामग्री सहजै खरिद गर्न नपाउँदा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक सबैभन्दा बढी जोखिममा पर्ने भएकाले सहयोग जुटाएर वृद्धाश्रमलाई हस्तान्तरण गरिएको अर्घाखाँची पोखरा सम्पर्क समाजका कोषाध्यक्ष शोभाखर पाण्डेले जानकारी दिए ।

उक्त खाद्यान्य सहयोग कार्यक्रमा प्रथम उपाध्यक्ष दधिराम खनालले स्वागत मन्तव्य राखेका थिए भने समाजका महासचिव बाबुलाल पान्डेले कार्यक्रम सन्चालन गरेका थिए ।

 

 

  • १२ भाद्र २०७८, शनिबार १८:३० प्रकाशित