२,२२२ संक्रमण मुक्त, १,८५७ संक्रमित थपिए, २७ संक्रमितको निधन

केन्द्रभाग मिडिया

पोखरा ।
नेपालमा थप १ हजार ८५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

१३ हजार १७३ नमूना परिक्षण गर्दा थप संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही समयमा २ हजार २२२ संक्रमण मुक्त भएका छन् भने थप २७ संक्रमितको निधन भएको छ ।

नेपालमा कोरोना संक्रमितको मृत्यु दर १.५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल ३६ हजार ८६६ जना आइसोलेसनमा रहेको छ ।

  • १२ भाद्र २०७८, शनिबार १६:४५ प्रकाशित