नेपालसँगको मैत्रीपूर्ण फूटबल खेल्न तयार हुँदै भारतीय राष्ट्रिय टिम

केन्द्रभाग मिडिया

काठमाडौं ।

भारतले दुई दिवशीय रुपमा हुने नेपालसंगको मैत्रीपूर्ण फूटबलका लागि तयारी गरेको छ । त्यसका लागि भारतीय प्रशिक्षक इगोर स्टिमाकले २५ सदस्यीय टिम घोषणा गरेका छन्।

नेपाल र भारतबीच यहि १७ भदौ र २० भदौमा दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । साफ च्याम्पियनसिपअघि दुई देश बीच खेल हुन लागेको हो ।

  • यस्तो छ विगत

नेपाल र भारतबीच अहिलेसम्म १९ खेल भएको छ । ती १९ खेल मध्ये भारतले १३ खेलमा जित हात पारेको छ। नेपाल केवल २ खेलमा मात्र विजयी भएको छ। चार खेल बराबरीमा सकिएका छन् ।

भारतले नेपालको पोस्टमा ३३ गोल गरेको छ। नेपालले भने ९ गोल मात्र गर्न सकेको छ।

पछिल्लो पटक नेपाल र भारतबीच ६ जुन २०१७ मा प्रतिस्पर्धा भएको थियो। मुम्बईमा भएको सो खेलमा भारत २–० गोलले विजयी भएको थियो ।

दुई टिमबीच नेपाली मैदानमा २०१५ मा प्रतिर्स्पर्धा भएको थियो। विश्वकप छनोटको दोस्रो लेगको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो।

सन् २०१३ मा नेपालमा भएको साफ च्याम्पियनसिपको समूह चरणमा नेपाल र भारतबीच प्रतस्पर्धा भएको थियो। सो खेलमा नेपालले २(१ को रोमाञ्चम जित हात पारेको थियो। उक्त खेलमा नेपालका लागि अनिल गुरुङ र जुमानु राईले गोल गरेका थिए।

दुई देशको प्रतिस्पर्धामा सुनील क्षेत्री बढी गोल गर्ने खेलाडी हुन्। उनले नेपालविरुद्ध आठ खेल खेल्दै पाँच गोल गरेका छन्।

  •  भारतीय टिम                   

गोलकिपर : अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु

डिफेन्डर : प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डर : ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्ड : मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

  • नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डर : सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्ड : मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

  • ११ भाद्र २०७८, शुक्रबार १७:४६ प्रकाशित