गण्डकी अपडेटः ११४ परीक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ, १७ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११४ जनाको नमुना परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ । सोही समयमा १७ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो सँगै प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८७ हजार ९ सय ५७ पुगेको छ भने निको हुनेको संख्या ८६ हजार ३ सय ८७ रहेको छ ।
संक्रमित हुनेमा कास्कीका ८ र स्याङ्जाका १ जना रहेका छन् । ४ महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा हालसम्म ३ लाख ५२ हजार ९१ जनाको परीक्षण भएको छ । हाल प्रदेशमा १५० सक्रिय संक्रमित रहेका छन् । तिमध्ये १०९ जना होम आइसोलेसनमा रहेको निर्देशनालयले जनाएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार १६:३५ प्रकाशित