दोस्रो दिन पनि गोलाप्रथाबाट पेशी: अन्योलबीच १० इजलास गठन

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज दोस्रो दिन पनि गोलाप्रथा प्रणालीबाट इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अनुपस्थित रहँदा सर्वोच्च अदालतमा बिहीबार ढिला गरी पेशी तोकिएको छ । अन्योलका बीच १० वटा इजलास गठन भएका छन् ।गोला तान्दा वरिष्ठतम न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास बनेको छ ।

यस्तै न्यायाधीशहरु मीरा खड्का र नहकुल सुवेदीको दुईवटा संयुक्त इजलास गठन भएको छ ।न्यायाधीशत्रय हरिकृष्ण कार्कीको साथमा न्यायाधीशहरु अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको पूर्ण इजलास गठन भएको छ ।

न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलास बनेको छ ।त्यसैगरी सुष्मालता माथेमा, कुमार रेग्मी र र डा. मनोजकुमार शर्माको पूर्ण इजलास गठन भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र बम कुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ । न्यायाधीश प्रकाशमानसिंह राउत र डा। कुमार चुडालको संयुक्त इजलास गठन भएको छ ।

सपना प्रधान मल्ल र तेजबहादुर केसीको संयुक्त इजलास गठन भएको छ । त्यस्तै अर्को इजलास न्यायाधीश तेजबहादुर केसी र डा. कुमार चुडालको पनि संयुक्त इजलास गठन भएको छ ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमणको कारण अनुपस्थित रहेका हुन् । तर उनी बिदा नि नलिएको र कार्यवाहक नि नतोक्दा सर्वोच्चमा अन्योल भएको हो । जबरा भोली डिस्चार्ज हुने बताइएको छ ।

  • १६ मंसिर २०७८, बिहीबार १५:२२ प्रकाशित