१७ वर्ष कास्की कांग्रेसको नेतृत्व सम्हालेका शर्माले गण्डकी प्रदेश समिति सभापतिमा उम्मेदवारी दिने (भिडियो)

केन्द्रभाग मिडिया

पोखरा ।

नेपाली कांग्रेस गण्डकी प्रदेश सभापतिका लागि कास्कीका शुक्रराज शर्माले उम्मेदवारी घोषणा गरेका छन् । शर्माले सोमबार एक कार्यक्रम आयोजना गरी प्रदेश सभापतिका लागि उम्मेद्वारी घोषणा गरेका हुन् ।

शर्मा कास्कीका पूर्व सभापति हुन् । उनले १७ वर्ष कास्कीको नेतृत्व गरेका थिए। २०२६ सालमा कांग्रेस राजनीतिमा प्रवेश गरेका उनी हाल ७५ वर्षका भए ।

उनले सबै नेताको आफूलाई आशिर्वाद रहेको दाबी गरे । कांग्रेस आफ्नो बाटोबाट बिचलीत भएको बताएका शर्माले प्रदेश सभापति निर्वाचित भए पार्टी भित्रका अव्यवस्थालाई अन्त्य गर्ने उद्योष गरे । राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगलाई बलियो बनाएर पार्टी संगनद्धारा स्थापित गर्ने उनले बताए । प्रशिक्षीत युवाहरुको नेतृत्व स्थापीत गर्न आफुले काम गर्ने उनले प्रतिवद्धता गरे ।

  • १३ मंसिर २०७८, सोमबार १४:०० प्रकाशित