अमिताभ वच्चनको वडीगार्डले वार्षिक डेढ करोड भा.रु वुझेको आरोप लगाएपछि सरुवा

केन्द्रभाग मिडिया

पोखरा । अमिताभ बच्चनको बडीगार्ड रहेका मुम्बई प्रहरीका हेड कन्सटेबल जितेन्द्र शिन्देको सरुवा भएको छ । जितेन्द्रले अमिताभ बच्चनसँग वार्षिकरुपमा डेढ करोड भारतीय रुपैयाँ तलब बुझेको आरोप लागेपछि उनको सरुवा गरिएको छ । यो खबरपछि जितेन्द्रमाथि विभागीय जाँचको आदेश पनि दिइएको छ ।

मुम्बई प्रहरीको कमिश्नरका रूपमा आएपछि हेमन्त नागराले कुनै पनि प्रहरी अधिकारी चार वर्षभन्दा बढी एउटै प्रहरी कार्यालयमा बस्न नपाउने बताएका थिए ।

विभागका अनुसार यही नियम अनुसार नै जितेन्द्रको सरुवा डीबी मार्ग प्रहरी कार्यालयमा गरिएको हो । तर, उनले तलब बुझेको विषयमा अमिताभ बच्चनको कार्यालयसँग पनि जानकारी माग गरिएको छ ।

जितेन्द्र जहिले पनि अमिताभसँगै देखिन्थे । केही समयअघि सामाजिक सञ्जालमा उनको तलबबारे चर्चा सुरु भएको थियो । उनले मासिकरुपमा अमिताभसँग १२ लाख रुपैयाँ तलब लिने गरेको र साथै सरकारी तलब पनि बुझ्ने गरेको आरोप लगाइएको थियो ।

जितेन्द्रले बच्चन परिवारलाई निजी सुरक्षा पनि प्रदान गरेका कारण सो रकम बुझेको बताइएको छ । सन् २०१५ देखि अमिताभका लागि काम गरिरहेका उनको निजी सुरक्षा एजेन्सी पनि रहेको बताइएको छ ।

 

  • ११ भाद्र २०७८, शुक्रबार १३:१९ प्रकाशित