गण्डकीका दुबैजना मन्त्री कोरोना संक्रमण मुक्त

केन्द्रभाग मिडिया

पोखरा ।
गण्डकी प्रदेश सरकारका वन, वातावरण तथा भू–संरक्षण मन्त्री दीपक थापा र कृषि, भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री चन्द्रबहादुर बुढा कोरोना सँक्रमण मुक्त भएका छन् । विगत १५ दिनदेखि होम आईसोलेसनमा रहेका मन्त्रीद्वयको दोस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

सामान्य रुघाखोकी र ज्वरो देखिएपछि उपचार गर्न जाँदा दुई हप्ताअघि उनीहरुको स्वाव संकलन गरिएको थियो । स्वाब परीक्षण गर्दा उनीहरुमा कोरोना सँक्रमण पुष्टि भएको थियो ।

बुधवार गरिएको परीक्षणमा उहाँमा नेगेटिभ आएसँगै नियमित मन्त्रालयको काम शुरु गरेका थापाका प्रमुख स्वकीय सचिव लोकेन्द्र थापाले बताए ।

चन्द्रबहादुर बुढामगरका प्रमुख स्वकीय सचिव प्रेम रोकामगरले पनि कोरोना मुक्त भए लगत्तै उहाँ मन्त्रालयमा नियमित काम गरिरहेको जानकारी दिए।

  • १० भाद्र २०७८, बिहीबार २३:२० प्रकाशित