अफगानिस्तानको काबुलमा विस्फोट, ४० जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।
अफगानिस्तानको राजधानी काबुलमा बिहीबार साँझ विस्फोट भएको भएको छ । विस्फोटमा परि कम्तिमा ४० जनाले ज्यान गुमाएको रुसी स१चार माध्यमले जनाएको छ । हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल अगाडि विस्फोट भएको हो। विमानस्थलमा दुई वटा शक्तिशाली बम विस्फोट भएको बताइएको छ ।

ज्यान गुमाउनेको संख्या यो संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ। उक्त विस्फोटको घटनामा चारजना अमेरिकी सैनिकसहित ४० को जनाको ज्यान गुमेको बताइएपनि ज्यान गुमाउनको संख्या अझै धेरै हुनसक्ने बताइएको छ । यी घटनामा १२० जना भन्दा धेरै घाइते भएका छन् । घटनापछि विमानस्थलबाट हुने सबै उडान बन्द गरिएको छ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आतंकवादी संगठन आईएसआईएसको खुरासनले हमला गरेको जनाएको छ। बिहीबार साँझ हमिद कारजाई विमानस्थलको अब्बे गेटमा पहिलो विस्फोट भएको थियो। त्यसपछि एयरपोर्ट नजिकै ब्यारन होटल क्षेत्रमा विस्फोट भएको थियो । जहाँ बेलायती सैनिक बस्दै आएका थिए।

पेन्टागनका अनुसार एयरपोर्ट बाहिर तीन सन्दिग्ध देखिएका थिए। यिनमा दुईजना आत्मघाती आक्रमणकारी थिए। अर्का व्यक्ति भने बन्दुक बोकेर आएका थिए।

तालिबानले अहिलेसम्म १५ जना मारिएको जनाएको छ। यसमा महिला र बालबालिका पनि छन्। तालिबानले यसलाई आतंकवादी हमला भनेको छ।

सिएनएनका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनलाई हमलाबारे जानकारी पुगेको छ। अमेरिकाले अहिलेसम्म आफ्ना तीन सैनिक घाइते भएको मात्रै पुष्टि गरेको छ।

विस्फोटपछि एयरपोर्टमा लगातार गोली चलिरहेको छ। एक अधिकारीले यस घटनामा कयौँ अफगानी नागरिक मारिएको बताएका छन्। पेन्टागनले पनि आतंककारी हमलाको पुष्टि गरेको छ।

यसअघि तालिबानले अमेरिकालाई चेतावनी दिँदै ३१ अगस्टसम्म देश छाडिसक्न भनेको थियो। अमेरिकाले पनि तोकिएको समय सीमामा हट्ने बताएको थियो। तर ह्वाइट हाउसले ३१ अगस्टपछि पनि उद्धार अभियान जारी राख्ने बताएको थियो।

काबुल एयरपोर्टमा आतंकको माहोल छाएको छ। यसैबीच अमेरिका, अस्ट्रेलिया र ब्रिटेनले काबुल एयरपोर्टमा आतंकवादी हमलाको ठूलो खतरा रहेको भन्दै त्यस आसपास नजान भनेको छ।

–अन्तर्राष्ट्रिय सञ्चार ममाध्यमको सहयोगमा

  • १० भाद्र २०७८, बिहीबार २३:०६ प्रकाशित