गण्डकी अपडेट : १८५ नमुना परीक्षणमा १५ जनामा पोजेटिभ,२७ जना निको भए

केन्द्रभाग मिडिया

पोखरा ।

पछिल्लो २४ घण्टामा प्रदेशमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा कास्कीका ८, बागलुङका १ र नवलपरासीका ६ जना रहेको निर्देशनालयले जनाएको छ । १८५ जनाको नमुना परीक्षण गर्दा ८ महिला र ७ पुरुष गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो सँगै प्रदेशमा हालसम्म कोरोनाबाट संक्रमित बन्नेको संख्या ८७ हजार ८६६ पुगेको छ ।सोही समयमा २७ संक्रमित निको भएका छन् ।निको हुनेको संख्या ८६ हजार २८८ रहेको छ ।

हाल प्रदेशमा १६३ सक्रिय संक्रमित रहेका छन् तिमध्ये १४२ जना होम आइसोलेसनमा रहेका छन् ।प्रदेशमा पछिल्लो अपडेट अनुसार संक्रमणबाट कसैले पनि ज्यान गुमाउनु परेन ।

कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या गण्डकी प्रदेशमा १ हजार ४ सय १५ रहेको छ ।

  • १० मंसिर २०७८, शुक्रबार १६:५८ प्रकाशित