देश फेरि एक पटक माओवादीमय बन्दैछ : लामिछाने (भिडियो)

केन्द्र खबर

पोखरा ।
नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीका अध्यक्ष विश्वप्रकास लामिछानेले अब एक पटक फेरी माओवादी केन्द्र अप्रत्यासित रुपमा अगाडि आउने दाबी गरेका छन् । केन्द्र खबरसंग कुराकानी गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

पहिलो संविधानसभा निर्वाचनको परिणाम आउनुपूर्व माओवादीलई कम आंकलन गरेजस्तै अहिले गरिएकोउनले टिप्पणी गरे । ‘हिजो २०६४ सालको संविधानसभा निर्वाचन परिणाम आउनु अगाडि हामीलाई जसरी यिनिहरुको शक्ति केही छैन भन्थे, अहिले त्यस्तै हो । त्यसको छनक हामीहरुले स्थानीय तहको सम्पन्न वडा अधिवेशनबाट पाएका छौं । हिजो विभिन्न कारणले निरास भएकाहरु अब उत्सहित बनेको अवस्था छ’ उनले भने ।

४६ पछि जता हे¥यो कांग्रेस देखिएको बताए । ०६४मा माओवादीमय भएको, त्यसपछि फेरी एमालेमय भएको र अब माओवादीमय हुने उनको तर्क छ । ‘हिजो ४६मा कांग्रेसमय देखियो । ०६४मा माओवादीमय बन्यो । पछिल्लो निर्वाचनमा एमालेमय जस्तो देखियो अब फेरी माओवादीमय देखिन्छ’ उनले भने ।

अध्यक्ष लामिछानेले माओवादी केन्द्रले अहिलेसम्म एमाले र कांग्रेसले जस्तो एकल रुपमा सरकारको नेतृत्व गर्न नपाएकाले माओवादीको मुल्यांकन उनीहरुसंग जोडेर गर्न नमिल्ने उनको तर्क छ ।

उनले भने ‘जसरी तलदेखि माथिसम्म कांग्रेस र एमालेले नेतृत्व गरेका छन् । त्यसरी हामीले गर्न पाएका छैनौं । त्यसरी उनीहरुले हामीहरुको मुल्यांकन गर्न मिल्दैन ।’

  • ५ मंसिर २०७८, आईतवार १४:५४ प्रकाशित
  • थप भिडियाेहरू