एमालेले ७७ जिल्लामै मोटरसाइकल र्‍याली गर्ने

केन्द्रभाग मिडिया

UML

चितवन ।

नेकपा (एमाले) को १० औँ महाधिवेशनको प्रचारप्रसारका लागि देशभर मोटरसाइकल र्‍याली गरिने भएको छ।

चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारको लागि ७७ जिल्लाका सदरमुकाममा मोटरसाइकल र्‍याली गर्न लागिएको प्रचार समिति संयोजक योगेश भट्टराईले जानकारी दिएका छन्। र्‍याली यही मंसिर ७ गते हुनेछ।

महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले काठमाडौँ–चितवन, बुटवल–चितवन र वीरगञ्ज–चितवन लक्षित गर्दै मोटरसाइकल र्‍याली गर्ने तयारी गरिएको बताए।

उनकाअनुसार मङ्सिर १० गते १२ बजे नारायणगढ जाऔँ भन्ने आह्वान गर्न र्‍याली आयोजना गर्न लागिएको हो।
मङ्सिर ७ देखि ९ गतेसम्म मुख्य राजमार्गमा आकर्षक स्वागतद्वार निर्माण गरिने बताइएको छ ।

एक जिल्ला एक स्वागतद्वार निर्माण गरिने भएको छ ।

  • २ मंसिर २०७८, बिहीबार ०८:२८ प्रकाशित