प्रदेश १ : प्रदेशसभा बैठकमा गएन एमाले

केन्द्रभाग मिडिया

विराटनगर ।

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज लिने भनेको विश्वासको मत स्थगित भएको छ।

प्रमुख विपक्षी दल नेकपा एमालेका सांसद नआएपछि प्रदेश १ को प्रदेशसभा बैठक भोलि बिहान साढे ११ बजेसम्मका लागि स्थगित भएको हो ।

मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने प्रयोजनका लागि आज संसद बैठक बोलाइएको थियो।नेकपा एमालेले भने विप्लव समूहको बन्दका कारण सांसदहरु आउन नसक्ने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो ।

  • ३० कार्तिक २०७८, मंगलवार १५:०६ प्रकाशित