नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चारैतिरबाट घेराबन्दी भएको बताएका छन् ।
प्रचण्डलाई नसिद्धयाएसम्म माओवादी आन्दोलन सिद्धिने भएन भन्ठानेर प्रतिक्रान्तिवादीले घेराबन्दी गरिरहेको उनले बताए ।
उनले भने,‘प्रचण्ड नसिद्धिए सम्म माओवादीको आन्दोलन सकिने भएन भन्ठानेर त्यसरी नै घेराबन्दी भईराखेको छ ।प्रतिक्रान्तिकारीहरुले अहिले पनि हाम्रो आन्दोलनको उपलब्धि उल्टाउने षडयन्त्रमा तारो केन्द्रितरुपमा माआवादी आन्दोलन र त्यसको नेताको हैसियतले प्रचण्डलाई नसिद्धयाएसम्म त हुदोँ रहेनछ भन्ने ठानेका छन् ।’