गठबन्धन र एमाले कार्यकर्ताबीच विवादः स्थिती तनावग्रस्त बनेपछि सिन्धुलीमा र्कफ्यु जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

सिन्धुलीमा गठबन्धन र एमाले कार्यकर्ताबीच विवाद हुदाँ स्थिती तनावग्रस्त बनेको छ ।

सालिक अनावरणमा प्रमुख अतिथिको विषयलाई लिएर कार्यकर्ताहरुबीच विवाद हुदाँ झडप हुने स्थिती आएपछि सदरमुकाममा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले १३ घण्टाका लागि निषेधाज्ञा जारी गरेको छ ।

सदरमुकाम सिन्धुलीमाढीमा निर्माण गरिएको बीपी कोईराला र पुष्पलाल श्रेष्ठको सालिक अनाबरणको बिषयमा सत्तारुढ गठबन्धन दलहरु र नेकपा एमालेबीच प्रमुख अतिथिको बिषयलाई लिएर विवाद भएको हो।

शालिक निर्माण गरिएको बाल उद्यानको आसपासमा रहेको स्टल बजार, जुनार चोक, बस पार्क, ग्वाङखोला पुल, हस्पिटल क्षेत्रभित्र कुनै पनि किसिमको सभा, समारोह तथा जुलुस गर्न नपाईने गरी बुधबार बिहान ११ बजेदेखि राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

कमलामाई नगरपालिकाले शालिक अनाबरण र सिन्धुलीगढी बिजय उत्सब मनाउनका लागि नेकपा एमालेका महासचिब ईश्वर पोख्रेललाई प्रमुख अतिथि बनाउने निर्णय गरेपछि गठबन्धनका दलले आपत्ति जनाई बिरोध गरेपछि विवाद सुरु भएको थियो । जस अनुरुप बुधबार विहान ९ बजे शालिक अनाबरण र बिहान ११ बजे सिन्धुलीगढी बिजय उत्सब उद्घाटनका लागि कार्यक्रम तय गरिएको थियो ।

स्तिथी तनाबग्रस्त बनेपछि गठबन्धन दलका नेताहरु, नेकपा एमालेका नेता र कमलामाई नगरपालिकाका मेयरको उपस्थितिमा बसेको बैठकले शालिक अनावरण तत्काललाई स्थगित गर्ने निर्णय भएको छ ।

  • २४ कार्तिक २०७८, बुधबार १३:२३ प्रकाशित