पोखरा ।
प्याराग्लाइडिङ व्यवसायलाई जोगाउन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । प्याराग्लाइडिङ विस्थापीत हुदाँ पोखराको पर्यटन क्षेत्र नराम्रोसंग प्रभावित हनुे भन्दै व्यवसायीले विमानस्थल पनि संचालन हुने र प्याराग्लाईडिङ पनि संचालन हुनेगरि व्यवस्था मिलाउन माग गरेका हुन् ।
अन्तराष्ट्रिय विमानस्थल संचालनसगै प्याराग्लाईडिई अहिले संचालन रहको स्थानमा संचालन हुन नसक्ने भए पछि व्यवसायी चिन्तित भएका छन् । प्याराग्लाईडिङ पोखराको साहसीक पर्यटनको प्रमुख आकर्षक गन्तब्य हो ।
पोखरामा वार्षिक एक लाखभन्दा धेरै पर्यटक प्याराग्लाइडिङ चढ्ने गरेको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष भण्डारीले बताए । उनका अनुसार २५० देखि ४५० सम्म पर्यटक दैनिक प्याराग्लाइडिङ उडान भर्ने गरेका छन् । यस क्षेत्रमा ६० व्यवसायी कम्पनीले प्याराग्लाइडिङ सञ्चालन गरेका छन् ।
संस्थामा ३५२ जना नेपाली प्याराग्लाइडिङ पाइलट कार्यरत छन् । अध्यक्ष भण्डारीका अनुसार यस क्षेत्रमा एक अर्बभन्दा धेरै लगानी रहेको छ भने एक हजारभन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।
नीहरूले पोखराको आकाशमा उडान हुने हवाई खेलकुदलाई विस्थापित गर्न नहुनेमा जोड दिए । पोखरा पर्यटन परिषद्का उपाध्यक्ष पोमनारायण श्रेष्ठले अल्ट्रालाइट र प्याराग्लाइडिङलाई पोखराकै आकाशभित्र व्यवस्थापन गर्नुपर्ने बताए । पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष गणेशबहादुर भट्टराईले पर्यटकीय गतिविधि नै ध्वस्त बनाउने गरी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले अर्थ नराख्ने टिप्पणी गरे ।
पर्यटन बोर्डका पूर्वसदस्य वासु त्रिपाठीले पनि सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडानको सेड्युल मिलाएर प्याराग्लाइडिङलाई जोगाइराख्नुपर्ने धारणा राखे ।