कुकुर पुजा : प्रहरीले गरे अनुसन्धानमा मुख्य भुमिका खेल्ने तालिम प्राप्त कुकुरको पुजा

केन्द्रभाग मिडिया

पोखरा ।

यमपञ्चको दोस्रो दिन अर्थात कुकुर पुजा ।

समाजमा हुने अपराधिक गतिविधिको प्रहरी छानबिन तथा अनुसन्धानमा महत्वपूर्ण भुमिका खेल्ने तालिम प्राप्त कुकुरहरुको गण्डकी प्रदेश प्रहरी कार्यालयमा विविधवत पुजा गरिएको छ ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनी समेतको उपस्थिति रहेको पुजा कार्यक्रममा गण्डकी प्रदेश प्रहरी कार्यालय अन्तर्गत रहेको के नाइन शाखामा रहेका कुकुरहरुको पुजा गरी मिठा मिठा परिकारहरु समेत खुवाइएको छ ।


कुकुर एक कुशल आज्ञापालक एवं रक्षक साथै विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने र अध्ययन–अनुसन्धान गर्ने कार्यमा समेत अहम भूमिका निर्वाह गर्ने जनावर हो ।

साथै उक्त कुकुर शाखाका ईन्चार्ज प्रहरी नायव निरीक्षक विक्रम कुमार थापाले कुकुरहरुलाई पुजा गरी माला पहिराई मिठा खाने कुराहरु प्रदान गर्नुभएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय के नाईन शाखामा हाल ७ वटा विभिन्न विधामा तालिम प्राप्त कुकुरहरु सेवारत रहेका छन् ।

  • १७ कार्तिक २०७८, बुधबार १४:२३ प्रकाशित