अर्ली इलेक्सनको तयारीमा जुटेका नेकपा एमाले अध्यक्ष ओलीले जुनसुकै हालतमा पनि एमाले बहुमत ल्याई छाड्ने दाबी गर्दै आएका छन् । आफ्नो पार्टी नेतृत्वको सबै सरकार ढलेपनि एमाले नै पहिलो पार्टी दाबी गर्दै आएका ओलीले अब हुने चुनावमा पनि एमालेले नै बहुमत ल्याउने बताउँदै आएका छन् ।
यतिबेला ओली चुनाव लक्षित भेटघाट र जनताको घरदैलोमा व्यस्त छन् ।माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग रुष्ट ओलीले उनीहरुकै चुनाव क्षेत्रमा आफ्नो पार्टीका नेतालाई चुुनावमा लडाएर जिताउन कसरत गरिरहेका छन् ।
ओलीले रामबहादुर थापा बादललाई चितवनमा प्रचण्डसँगै चुनाव लडाउने तयारी गरेका छन् भने माधव नेपालको गृहजिल्ला रौतहतमा प्रभु साहलाई चुनावमा लडाउने भएका छन् । नयाँ पार्टी खोल्ने भन्दैँ तयारी गरेका साहलाई अन्तत ओलीले साथमा लिएका छन् । सरकारले उपचुनावको घोषणा गरेमा साह नेकपा एकपा एमालेका तर्फबाट रौतहट ३ मा चुनाव लड्ने तयारीमा छन् ।
माधव नेपालको चुनाव क्षेत्र काठमाडौं क्षेत्र नम्बर २ मा काँग्रेसबाट रामचन्द्र पौडेल पक्षकी डा. माधवी भट्टले चुनाव लड्ने तयारी गरेकी छिन् । माधवी ‘ब्याक’ भइनन् भने एमालेले ‘म्याच फिक्सिङ’ गराएर भए पनि माधव नेपाललाई हराइदिने कोसिसमा रहेको छ ।