गल्याङ सेतो नगर बनाउने मेयर अधिकारीको योजनाः सहकारी मोडल नगर विकासको आधार, कृषिलाई प्राथमिकता (भिडियो)

केन्द्र खबर

पोखरा ।
गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले सहकारी मोडेलमा नगरको विकास अगाडी बढाएको बताएका छन् । ठेकेदारी र उपभोक्ता मोडलबाट भन्दा सहकारी मोडलमा ग्रामीण क्षेत्रको विकास गर्न सकिने उनले बताए । निर्वाचित भए पछिको यो अवधिमा के–कस्ता काम भए भन्ने केन्द्रखबर प्रतिनिधिको जिज्ञासामा मेयर अधिकारीले आफ्नो कार्यकाल सफलता उन्मुख रहेको दावी गरे । कोभिडका कारण बिकास निर्माण प्रभावित भए पनि विकासको जग बसाल्न सफल भएको उनी बताउछन् ।

नगर प्रमुख अधिकारीले कृषिको आधुनिकिकरणनै नगर विकासको आधार रहेको र सोही अनुसार नीति कार्यक्रम र बजेट बिनियोजन भएको बताए । दुघ उत्पादनलाई प्राथमिकतामा राख्दै त्यसका लागि सेतो नगरको रुपमा गल्याङलाई विकास गर्न लागिएको उनले बताए ।

गाउँगाउँमा दुघ उत्पादन भइरहेको छ उनले भने, पहिला गाउँमा डेरीको दुघ प्रयोग हुन्थ्यो, अहिले दैनिक ५ हजार लिटर विक्री गर्न सफल भएको छौँ । सहकारीका माध्यमबाट र सहकारी समन्वय केन्द्र मार्फत, गाउँगाउँमा दुघ कलेक्सन हुने गरेको छ, हामी प्रति लिटरमा १५ रुपैया अनुदान कृषकलाई दिन्छौँ । चालु आर्थिक वर्षमा करिब बजेटको ५० प्रतिशत कृषिमा खर्च गदैछौँ ।

कृषिलाई औद्योगिकीकरण  लैजाने प्रकृयामा रहेको अधिकारीले जानकारी दिए । फलफुल र गाइभैसिको जोन ल्याएका छौँ, किसानहरु उत्साहीत हुनुन्छ । मसलाबाली भनेर अदुवा र वेसारको खेती सुरु गरेका छौँ । एक अर्वको निर्यात गर्ने लक्षका साथ काम भएको छ ।

एक घर एक धारा कार्यक्रम अन्तरगत ५ हजार घरधुरीमा खाने पानी पुर्याइएको उनले बताए । कृष्णगण्डकीबाट लिफ्ट गरेर केही वडामा खाने पानी पुर्याउने काम भइरहेको छ । खाने पानी नभएको ठाउँमा संघीय र प्रदेश सरकारको सहकार्यमा प्राथमिकताका साथ काम भइरहेको उनले बताए ।

प्रमुख अधिकारीले वार्षीक २० देखी २५ करोडको कृषि उपज अहिले निर्यात हुने गरेको र सहकारीका माध्यमबाट गाउँगाँउमा कृषि उत्पादन बृद्धि गरी वार्षीक एक अर्बको निकासी गर्ने गरि योनजा बनाइएको बताए ।

साधुरो बजारलाई स्थान्तरण गर्नका लागि तीन तले नमूना बसपार्कसहित बजारलाई रिप्लेस गर्ने गरि संघीय सरकारसंगको सहकार्यमा काम भइरहको अधिकारीले बताए । नगर अस्पताल बनायौँ, प्राकृतीक चिकित्सालय बनाउने गरि अगाडी बढेका छौँ ।

जनताले साथ दिनुभएको छ, सबै राजनीतिक दलले साथ दिनुभएको छ, हामी सफल हुदै गएको छौ, घोषण पत्र अनुसार काम भएको उनले दावी गरे । नगरमा सुशासन कायम गर्न प्रतिवद्ध रहेको उनले बताए । प्रदेश र संघ सरकारको काम प्रति उनले असन्तुष्टि व्यक्त गरे ।

  • १५ कार्तिक २०७८, सोमबार १२:२० प्रकाशित
  • थप भिडियाेहरू