काठमाडौं ।
एएफसी यु–२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले आज आइतबार लेबनानसँग प्रतिस्पर्धा गर्दैछ ।
यसअघिका दुई खेलमा पराजित हुँदै छनोटको सम्भावनाबाट बाहिरिसकेको नेपालले आज लेवनानसँग ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा अपराह्न पौने ५ बजेदेखि प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र लेबनानका लागि यस खेल प्रतिष्ठाको लडाईँ मात्र हुनेछ । दुबै टोली अघिल्ला दुई खेलमा पराजय भोग्दै प्रतियोगिताबाट बाहिरिसकेका छन् ।
लेबनानविरुद्ध मैदान उत्रँदा नेपाल सान्त्वना जितको खोजीमा हुनेछ ।