वडाध्यक्षसहित ९ जुवाडे पक्राउ, साढे तीनलाख बढी नगद बरामद

केन्द्रभाग मिडिया

त्रिशूली ।

तासखेलिरहेको अवस्थामा वडाध्यक्षसहित ९ जुवाडे पक्राउ परेका छन् ।

नुवाकोटको सूर्यगढी गाउँपालिका–५ का वडाध्यक्ष भैरवबहादुर अधिकारीसहित नौ जनालाई प्रहरीले तास खेलिरहेको समयमा बिहीबार राति पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले विदुर नगरपालिका–४ स्थित एक होटलमा तास खेलिरहेको समयमा वडाध्यक्ष अधिकारीसहित नौ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिले हारजित हुने गरेर खेलिरहेको तासको खालबाट १६० पत्ती ताससहित रु तीन लाख ५२ हजार नगदसमेत बरामद गरेको जनाएको छ।

  • १२ कार्तिक २०७८, शुक्रबार १०:०४ प्रकाशित