कमिटेड ४८ नेपाली कामदार भोली कोरिया जादैँ: इपीएस पास हुनेहरुले अझै कुर्नुपर्ने

केन्द्रभाग मिडिया

काठमाडौं ।

झन्डै दुई वर्षपछि नेपाली कामदार भोलि कोरिया जाने भएका छन।

२० महिनापछि ४८ जना कमिटेड कामदार बुधबार बिहान साढे सात बजे कोरिएन एयरमार्फत जाने भएका हुन् । यसअघि कोरिया ईपीएस शाखाले ५० जना कामदारलाई भोलि(कार्तिक १०) गते लानेको भनेको थियो ।

दुई जना कामदारको सीसीभीआई फारम भरेको समय सकिएकाले उनीहरु भोली जान नपाउने भएको शाखाले जनाएको छ ।  महामारी सुरु भएको करिब दुई वर्षपछि कोरियाले पहिलोपटक कमिटेड कामदार लान लागेको हो ।

कोरियामा भिसा अवधि सकेर रोजगारदाता कम्पनीबाट लेबर कन्ट्रयाक्ट लिएर आएकाहरू र कोरियाको मानव संशाधन सेवाबाट प्राप्‍त निर्देशन अनुसार कमिटेड कामदारको भिसा प्राप्‍त भएकाहरू जान पाउने भएका हुन् ।

मंसिरको दोस्रो सातासम्ममा दोस्रो उडानमा ७१ जनालाई पठाउने तयारी गरेको राउतले बताए ।कमिटेड कामदार करिब २५ सयको संख्यामा छन् ।

कमिटेडेड कामदारलाई पठाइसके पश्‍चात बाँकी रहेका भाषा परीक्षा पास गरेकालाई पठाउन शाखाले पहल थाल्‍ने भएको छ ।पहिलो प्राथमिकतामा कमिटेड कामदारलाई रहेकाले भाषा परीक्षा पास गरेकाले केही समय पर्खनुपर्नेछ ।

सरकारले भाषा परीक्षा गर्न पुसदेखि कोरियासँग छलफल गर्ने भएको छ ।

  • ९ कार्तिक २०७८, मंगलवार १५:२३ प्रकाशित