पछिल्लो २४ घण्टामा ८७७ जना सन्चो भए, ५५७ जनामा संक्रमण

केन्द्रभाग मिडिया

काठमाडौं ।

पछिल्लो २४ घण्टामा ८७७ जना कोरोना संक्रमित सन्चो भई घर फर्केका छन् । देशभरका विभिन्न अस्पतालमा उपचाररत संक्रमित मध्ये सो संख्यामा निको भएका हुन् ।यस्तै सोही समयमा ५५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ ।यो सँगै संक्रमित बन्नेको संख्या पीसीआर परिक्षणबाट ८ लाख ९ हजार ५६ र एन्टीजेनबाट ९४ हजार १५ पुगेको छ । यस्तै निको हुनेको संख्या ७ लाख ८७ हजार पाँच सय ७ रहेको छ ।भने मृत्यु हुनेको संख्या ११ हजार ३ सय ४८ पुगेको छ ।

  • ७ कार्तिक २०७८, आईतवार १७:१२ प्रकाशित