कस्तो अवस्थामा मुख्यमन्त्री,मन्त्रीले हेलिकोप्टर चढ्ने ? कार्यविधि बनाउँदै गण्डकी सरकार

केन्द्रभाग मिडिया

पोखरा ।
प्रदेशका मुख्यमन्त्री र मन्त्रीले विभिन्न कार्यक्रममा जाँदा हेलिकोप्टरको प्रयोग गर्ने विषय विभिन्न समयमा आलोचनाको विषय बन्ने गरेको छ । कतिपय अवस्थामा रवाफ देखाउन राज्यशक्तिको दूरुपयोग भएको भन्दै आलोचना हुनेगरेको छ ।

यस्तो आलोचनाबाट बच्न र हेलिकोप्टरको प्रयोग सम्बन्धि मापदण्ड बनाउनका लागि गण्डकी प्रदेश सरकारले हेलिकोप्टर प्रयोग समिति गठन गरेको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का अनुसार विभिन्न कामका लागि हेलिकोप्टर चाहिने हुँदा त्यो कसरी प्रयोग गर्ने भनेर पर्यटनमन्त्रीको संयोजकत्वमा समिति गठन हो ।

मन्त्री खड्काले भने, ‘विभिन्न कामका लागि हेलिकोप्टर चाहिने हुँदा त्यो कसरी प्रयोग गर्ने भनेर पर्यटनमन्त्री संयोजक रहनुभएको समिति गठन गरेका छौं ।’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव, अर्थ मन्त्रालयका सचिव, स्वास्थ्य सचिव र सम्बन्धित मन्त्रालयको सचिव आमन्त्रित सदस्य हुने गरी यो समिति गठन भएको हो ।

प्रदेश सरकारले चलाइरहेको जोखिममा परेका गर्भवती र सुत्केरी महिलाको हेलिकोप्टर उद्धार सम्बन्धमा पनि कार्यविधि नबनेको तथा मुख्यमन्त्री र मन्त्रीहरुले कस्तो अवस्थामा कसरी हेलिकोप्टर प्रयोग गर्न सक्ने भन्ने निक्र्याेल गर्न उक्त समिति बनाइएको प्रदेश सरकारको भनाइ छ ।

अब भने यो समितिले आवश्यक ठह¥याएमात्रै मुख्यमन्त्री, मन्त्रीहरुले हेलिकोप्टर प्रयोग गर्न सक्ने र अरु कामका लागि पनि प्रयोग गर्न सकिने भएको छ ।

  • ६ कार्तिक २०७८, शनिबार ०८:४४ प्रकाशित