स्रोत नखुलेको ८० लाखसहित बागलुङका चित्रबहादुर पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्रोत नखुलेको ८० लाखसहित एक व्यक्ति पक्राउ परेका छन् ।

प्रहरीले भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित काठमाडौं कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगर पक्राउ परेका हुन् । बागलुङ गल्कोट नगरपालिका १० पाण्डवखानी स्थायी घर भएका चित्र गएराती मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट पक्राउ परेका हुन् ।

हुण्डीको कारोबार भइरहेको भन्ने सुचनाको आधारमा प्रहरीले मगरलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार १३:०० प्रकाशित