बेनी ।
म्याग्दीमा तीन लाख रुपैयाँ कबोलेर एक व्यक्तिले राँगोको मार हानेका छन्। रघुगंगा गाउँपालिका–२ भगवती कोतमा आर्यन खड्काले तीन लाख रुपैया कबोलेर राँगो मार हानेका हुन् ।
ऐतिहासिक भगवती कोतमा बडादसैंको नवमीका दिन बली चढाइने सरकारी राँगो जसले बढी रकम तिर्छ उसैलाई मार हान्न दिने चलन छ। सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् ।
हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिरमा रागो उनले हानेका थिए। हरेक बर्ष बढीबढाउमा सरकारी राँगो हान्नेलाई आफन्तजन लगायतबाट सम्मान र बाजागाजासहित मार हान्ने ब्यक्तिलाई घर पुर्याउने चलन रहेको छ।
एतिहाँसिक भगवती कोत मन्दीरमा सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास रहेको पुजा व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्रबहादुर मल्लले बताए ।
‘आँटेको र चाहेको पुरा हुने भएपछि हरेक वर्ष बढीबढाउमा भाग लिनेहरु बढ्दै गएका छन् । खड्काले अष्टमीकै साँझ रकम बुझाएर नवमीका दिन मार हानेका थिए। उनलाई गाउँलेले टाउकोमा फेटा गुथाएर बाजागाजासहित सम्मान गरेका थिए। यसअघि २०७६ को नवमीमा दुई लाख ८८ हजार कबोलेर सरकारी राँगोको मार हानेका थिए।