साफ च्याम्पियनसिपमा भारतसंग नेपाल पराजित, फाइनलमा पुग्ने संभावना कायम

केन्द्रभाग मिडिया

पोखरा ।
साफ च्याम्पियनसिप २०२१ मा आइतबार भारतको हातबाट नेपाल १–० ले पराजित भएको छ । यस अगाडि लगातार दुई खेल जितेको नेपालले भारतसंगभारतका लागि एक मात्र गोल ८२ औं मिनेटमा सुनील क्षेत्रीले गरे ।

उनले नजिकको दूरीबाट हेडबाट गोल गरेका हुन् । यो हारपछि नेपाल ६ अंकमै सीमित रह्यो र अंक तालिकाको दोस्रो स्थानमा झरेको छ ।

आयोजक तथा डिफेन्डिङ च्याम्पियन माल्दिभ्स भने ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । भारतको पाँच अंक भएको छ र तेस्रो स्थानमा उक्लेको छ । बंगलादेश चार अंकमा चौथो स्थानमा छ ।

अब लिग चरणको अन्तिम दिनको खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछ । नेपालले बंगलादेशविरुद्ध एक अंक बटुल्न सके पनि त्यो नेपालका लागि फाइनल पुग्न पर्याप्त रहनेछ ।

खेलको अधिकांश समय नेपालले पूर्णतस् रक्षात्मक भएर खेलेको थियो । खेलको १८ औं मिनेटमा सुनील क्षेत्रीले नेपालको पेनाल्टी एरियामा दबाब सिर्जना गरे पनि त्यो निर्णायक प्रतिफल निस्केन ।

लगतै कर्नरमा सुनीलको हेड प्रहार पोस्टको माथिबाट बाहिरियो । यस्तै ४२ औं मिनेटमा भारतका मनवीर सिंहले नेपालको पोस्ट नजिकबाट मौका पाए पनि त्यसको फाइदा उठाउन सकेन ।

भारतले ५५ औं मिनेटमा पेनाल्टी एरियाको ठीक बाहिर फ्रिकिक पाएको थियो, तर त्यसमा ब्रेन्डेन फर्नान्डेजको प्रहार बाहिरिएको थियो । लगतै मनवीर सिंहले नजिकको दूरीबाट गरेको हेडलाई नेपाली गोलरक्षक किरण लिम्बूले बचाउ गरे ।

  • २५ आश्विन २०७८, सोमबार ०७:१० प्रकाशित