पोखरा ।
पश्चिमाञ्चल होटल संघ, पोखराको अध्यक्षमा लक्ष्मण सुवेदी चयन भएका छन् ।
संघको २० औँ अधिवेशन तथा ४० औ साधारण सभाबाट सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । माउण्टेन ग्लोरी फरेष्ट रिसोर्टमा संघको साधारण सभा तथा अधिवेशन जारी छ ।
u
समितिकाे निवर्तमान अध्यक्षमा विकल तुलाचन, प्रथम उपाध्यक्षमा दीपक श्रेष्ठ, द्धतिय उपाध्यक्ष गणेशराज पहारी, महसचिव राजेन्द्र ढकाल, सचिव पार्वती पाण्डे, कोषाध्यक्ष नेत्र प्रसाद पौडल र सह-कोषाध्यक्ष बैभव पौडल चयन भएका छन् ।
संघकाे सदस्यमा भरत शर्मा, अनिल श्रेष्ठ, पम्फा पहारी, र कल्पना बराल चयन भएका छन् । संघमा थप चार सदस्य मनोनित गरिने छ ।