विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले दशैंलगत्तै विश्वासको मत लिने भएका छन् । अल्पमतमा परेका आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने तयारी गरेका छन् ।
एमाले संसदीय दलको शुक्रबार बसेको बैठकले कात्तिक ५ गते विश्वासको मत लिने निर्णय गरेको बताइएको छ । बैठकमा मुख्यमन्त्री आचार्यले कात्तिक ५ गते विश्वासको मत लिने बताएका थिए । विश्वासको मत लिनका लागि असोज २४ गते प्रस्ताव दर्ता गर्ने उनको भनाइ छ ।